दफा ८९ग
विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने
(१) यस ऐनमा अन्यत्र जुनसुकै“ कुरा लेखिएको भए तापनि यो ऐन वा अन्य प्रचलित संघीय कानून बमोजिम भन्सार कार्यालयमा बुझाउनुपर्ने महसुल वा जरिबाना वा अन्य कुनै रकम विद्युतीय माध्यमबाट भुक्तानी (इ-पेमेन्ट) गर्न सकिने छ ।

(२) उपदफा (१) बमोजिम विद्युतीय माध्यमबाट गरिने भुक्तानी (इ-पेमेन्ट) सम्बन्धी अन्य व्यवस्था विभागले तोकेबमोजिम हुनेछ ।